बिहीबार, वैशाख १३, २०८१

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०७९ असोज १० गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया