बिहीबार, वैशाख १३, २०८१

दक्षिण कोरियामा थप १४ हजार संक्रमित

नेपालखोज २०७९ असोज १० गते १५:४२

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना संक्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ३४ हजार छ सय ३४ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । दैनिक संक्रमितको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिन २५ हजार सात सय ९२ जना संक्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको सङ्ख्या ३१ हजार पाँच सय १३ रहेको थियो । अहिले संक्रमित अवस्थामै रहेका मध्ये चार सय २७ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा ११ ले बढी हो ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार २४६ पुगेको छ । विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ ।

प्रतिक्रिया