सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराउन माग

नेपालखोज २०७९ असोज १० गते १९:३९

काठमाडौं । श्रमजीवी-पत्रकार संघ, नेपालले बडा दसैँकाे पहिलाे दिन घटस्थापनामा श्रमजीवीलाई शुभकामना दिँदै मालिकसँग दसैँ भत्ता र पारिश्रमिक भुक्तानीकाे माग गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले घटस्थापनाकै दिन एक विज्ञप्ति जारी गर्दै महिनाैदेखिकाे बाँकी बक्याैता तत्काल भुक्तानी गरेर श्रमजीवीकाे दसैँ मान्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।

‘दसैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई दसैँ मनाउने वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग हाम्रो आग्रह छ,’ जैसीले विज्ञप्तिमार्फत भनेका छन् । विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्ने बारे, स्वरोजगार मिडियाको प्रवद्र्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान नपुग्नका साथै सञ्चार गृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान हुनु दु:खत भनिएकाे छ ।

प्रतिक्रिया