शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ३० पैसा, बिक्रीदर १३० रुपैयाँ ९० पैसा

नेपालखोज २०७९ असोज ११ गते ७:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ६५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया