सिङमा रातो स्टिकर लगाएका खसीबोका अस्वस्थकर हुन् खरिद नगर्नू : विभाग

नेपालखोज २०७९ असोज ११ गते ८:०२

काठमाडौं । काठमाडौं उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । दसैँमा उपभोक्ताको स्वास्थ्यमाथि कुनै पनि प्रकारकाे असर नपराेस भनी विभागले स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ । 

विभागले विभिन्न १० ठाउँबाट स्वास्थ्य परीक्षण गरिने बताएकाे छ । आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोका स्वस्थ रहे नगरेको परीक्षण गर्ने छन् ।

कलंकी, चन्द्रागिरि, टुकुचा, टोखा, चाल्नाखेल, सल्लाघारी, बल्खु, लोकन्थलीलगायत ठाउँमा गएर पशु चिकित्सकले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । 

स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिंगमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने विभागले बताएको छ । खसीबोकाको सिङमा रातो स्टिकर लगाएको अस्वस्थकर हुने हुँदा उपभोक्तालाई खरिद नगर्न विभागले भनेको छ । 

प्रतिक्रिया