शनिबार, वैशाख १५, २०८१

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न किस्ट अस्पताल पुगे प्रकाशमान

नेपालखोज २०७९ असोज ११ गते ११:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमानसिंह संस्कृतिविध सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्नका किस्ट अस्पताल धापाखेल पुगेका छन् ।

सत्यमोहन जोशी असोज ८ गते अस्वस्थ्य भइ अस्पताल भर्ना भएका छन । पिसाब र डेंगु संक्रमणका कारण जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएका हुन् । संक्रमणसँगै उनलाई कमजोरी, खानामा अरुचि र अस्वस्थ महसुस भएको अस्पतालले जनाएको छ। मुटुको समस्या पनि देखिएकोले उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले बताएको छ ।

जोशीलाई अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उनको निवास पुग्दा अझै कमजोर देखिएको र खानपिन पनि छोडेकाले सोही चिकित्सकीय टोलीद्वारा उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको बताइएको छ ।

जोशीको अवस्था चिन्ताजनक देखिए पनि आत्तिहाल्नु नपर्ने पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा मिलेसजंग सिजापतिले बताए ।

प्रतिक्रिया