काठमाडौं महानगरले आजबाट सुरू गर्‍यो बजार अनुगमन

नेपालखोज २०७९ असोज ११ गते १२:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट सुरू गर्‍यो बजार अनुगमन सुरु गरेकाे छ । उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन सुरू गरेकाे हाे ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको हो।  मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको हो । महानगरको टोलीले तीनवटा समूह परिचालन गरी बजार अनुगमन थालेको हो ।

काठमाडौं महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ। यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ।

प्रतिक्रिया