चौबीस घण्टामा ५४ संक्रमित, ७३ जना निको
नेपालखोज
२०७९ असोज ११ गते १५:५२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा र २ हजार १ सय जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार १४४ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया