शुक्रबार, वैशाख १४, २०८१

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा अन्जन विष्टकाे ह्याट्रिक

नेपालखोज २०७९ असोज ११ गते १८:४८

काठमाडाैं । बंगलादेशविरुद्दको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बंगलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मध्यान्तर अघिको खेलमा नेपालका लागि तीनवटै गोल अन्जन बिष्टले गरेका हुन् ।

उनले खेलको १८औँ मिनेटमा पहिलो गरेका थिए । यस्तै अन्जनले खेलको २७औँ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए । अन्जनले नै खेलको ३८औँ मिनेटमा ह्याट्रिक पूरा गरे । नेपाल मध्यान्तर अघिको खेलसम्म ३–० गोलको अवस्थामा छ ।

प्रतिक्रिया