बिहीबार, वैशाख ६, २०८१

भगवान् विष्णुको पूजा आराधना

नेपालखोज २०७९ असोज १२ गते ५:००

आज बुधबार भगवान विष्णुको पुजा आराधना गर्नाले परिवारमा सुख शान्ति प्राप्त हुन्छ । पापरूपी हिलोमा फसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति भगवान विष्णुको पूजन अत्यन्त आवश्यक छ । आजका दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसको नाम श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि छ । तिनको पूजा गर्नाले जुन फल प्राप्त हुन्छ त्यो गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नानबाट प्राप्त हुन्छ, त्यो फल विष्णु भगवानको पूजनबाट प्राप्त हुन्छ ।

जुन फल सूर्य र चंद्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वीदान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरी र गण्डकी नदीमा स्नान गर्नाले पनि प्राप्त हुन सक्दैन् त्यो फल भगवान् विष्णुको पूजनद्वारा प्राप्त हुन्छ । अतः पापदेखि डराउने मनुष्यले विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्छ । यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ ।

हिन्दु धर्मका आराध्य देव भगवान विष्णु जसको वर्णन हिन्दु धर्म ग्रन्थहरुमा पाईन्छ । जसलाई यो संसारको पालन कर्ता पनि भनिएको छ । जसदाई यो सृष्टी कर्ता ब्रह्मा , पालन कर्ता विष्णु ,संहार कर्ता शिव एकै रुपका तिन अंग हुन । भगवान विष्णुको बास स्थान लोकहरुले उतम लोक बैकुण्ठ लोक हो भने भगवान विष्णुको अर्धागिनी धनकी देवी लक्ष्मी हुन । जब जब पृथ्वीमा पाप बढ्दै गयो साथै हत्या हिंसा लुट पात चोरी डकैती आदि खराब कर्मको वृद्धि भयो तब तब भगवान विष्णु कुनै न कुनै रुपमा धर्तिमा जन्मिए, पापहरुलाई नाश गरेर धर्मको उद्धार गरे । हिन्दु धर्मका अनुसार भगवान विष्णुका रुप नाम अनंत छन् तर पृथ्वीमा जन्म लिएको आधारमा विष्णु का २४ वटा अवतार मानिन्छ । ती मध्ये दश मुख अवतार र बाँकीका सहायक अवतारको वर्णन गरेको पाईन्छ ।

प्रतिक्रिया