देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०७९ असोज १२ गते ६:१७

काठमाडाैं । हाल मनसुनको न्यून चापीयरेखा सरदर स्थानभन्दा दक्षिणी भू-भागमा अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ भने, प्रदेश १ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया