कांग्रेस कार्यालयमा शेखर पक्षको आन्दोलन
नेपालखोज
२०७९ असोज १२ गते १३:३९

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले टिकट वितरणमा अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (बुधबार) आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरु पार्टी केन्द्रीय कार्यालय आगाडी एक घण्टासम्म मौन बस्ने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया