मंगलबार, वैशाख ४, २०८१

अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पुरा

नेपालखोज २०७९ असोज १२ गते १८:५३

काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए ।

दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पुरा भएको छ । यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया