मंगलबार, वैशाख ११, २०८१

अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ८१ पैसा, बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा

नेपालखोज २०७९ असोज १३ गते ८:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ २३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ७५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया