आइतबार, जेठ ६, २०८१

मञ्जुश्री फाईनान्सको शाखा कार्यालय कुमारीपाटीमा

नेपालखोज २०७९ असोज १३ गते ११:४५

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।

फाईनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष श्रीमती इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

२०७९ साल भाद्र मसान्त सम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाईनान्सले ११ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८८ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिदै आएको छ ।

प्रतिक्रिया