सोमबार, जेठ ७, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असोज १३ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १२ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया