मंगलबार, जेठ १, २०८१

कांग्रेस क्षेत्र नम्बर ६ को अधिवेशन सकियो, सभापतिमा श्यामकृष्ण खड्गी

नेपालखोज २०७८ मंसिर ८ गते १६:३१

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा श्यामकृष्ण खड्गी निर्वाचित भएका छन् । आज (बुधबार) सार्वजनिक भएको मतपरिणामअनुसार खड्गी क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । यस्तै क्षेत्रीय सचिवमा उत्तम अधिकारी र रामशरण पाण्डे निर्वाचित भएका छन् । सहसचिवमा श्रीकृष्ण बिडारी र रवि सापकोटा निर्वाचित भए ।

महाधिवेशन प्रतिनिधि खुलातर्फ कृष्णसबुज बानिया, भीसेनदास प्रधान, इन्द्रमान महर्जन, मनोज भण्डारी, मोहम्मद निजामुद्दिन, रूपकराज कुँवर, सानोभाइ सापकोटा, हरिहर अधिकारी र केदारनाथ पाठक निर्वाचित भएका छन् ।

यसैगरी महिलातर्फ खुलाबाट अम्बिका शर्मा लामिछाने, जीवन डंगोल, याशिबा रहमान र हरिप्रभा खड्गी विजयी भएका छन् । महिला जनजातिबाट सावित्री राजभण्डारी, सविता महर्जन र महिला खसआर्यबाट शान्ता अधिकारी, सिर्जना ढकाल निर्वाचित भएका छन् ।

यस्तै खसआर्य पुरुषतर्फ तेजेन्द्रजंग कार्की, नवराज भण्डारी, लक्ष्मण केसी र आदिवासी जनजातिबाट भाइराम खड्गी, विजयकुमार लामा र सानोकाजी प्रजापति निर्वाचित भएका छन् ।

अपांगता पुरुष कोटाबाट भरत शर्मा बिडारी, प्रत्यक्ष प्रदेशसभा ‘क’ बाट महिलामा टीका कोइराला र ‘ख’ बाट ईश्वरी आचार्य निर्वाचित भएका छन् । यस्तै प्रत्यक्ष प्रदेशसभा ‘क’ पुरुषबाट उपेन्द्र प्रधान, राजन केसी र ‘ख’ बाट राजाराम सापकोटा र सुमन सुनुवार निर्वाचित भएका छन् ।

खसआर्य महिलाबाट चन्द्रावती न्यौपाने र पुरुषतर्फ गोविन्दप्रसाद खरेल निर्वाचित भएका छन् । खुलातर्फ महिला–पुरुषमा अनु प्रधान र डा. शिवचन्द्र शाही निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाको अधिवेशन जारी छ । (आज) बुधबारसम्म कांग्रेसको २६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । १३ जिल्लामा दसैँअघि नै अधिवेशन सकिएको थियो । अरू जिल्लामा भने मंसिर ६ गतेदेखि सुरु भएको हो ।

अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणामअनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । २६ जिल्लामध्ये संस्थापन समूहले १४ जिल्लामा वर्चस्व कायम गरेको छ । १२ जिल्लामा संस्थापनइतर समूहको वर्चस्व छ ।

प्रतिक्रिया