गण्डकी वाग्मती र प्रदेश १ मा चट्याङसहित वर्षाको सम्भावना
नेपालखोज
२०७९ असोज १४ गते ६:३२

काठमाडाैं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मधेस प्रदेश र वाग्मती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको तथा गण्डकी र वाग्मती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया