नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भयाे : पूर्वराजा

नेपालखोज २०७९ असोज १४ गते ११:३६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताएका छन् । दशैंको अवसरमा भिडियो सन्देश मार्फत शाहले यस्तो बताएका हुन् ।

साथै उनले एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।

‘अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’ अहिले देशलाई दाउमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् ।

प्रतिक्रिया