आइतबार, जेठ ६, २०८१

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

नेपालखोज २०७९ असोज १४ गते १४:४१

काठमाडौं । हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा.लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका छन् । हाल बैंकले नेपालभरि फैलिएका ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६ हजारभन्दा बढी पिओस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।

विश्वभर प्रचलनमा रहेको अमेरिकन एक्सप्रेस, मास्टरकार्ड, भिसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन नेपालको एक मात्र बैंक हो ।
यसैगरी भिस्तारा एयरलाइन्सले भारतभित्र तथा बाहिर गरी ३९ गन्तव्यमा आफ्ना ५० वटा जहाजबाट दैनिक २५० भन्दा बढी उडान गर्दै आएको छ ।

प्रतिक्रिया