आइतबार, जेठ ६, २०८१

कामना सेवा विकास बैंकद्वारा मैतीदेवी मन्दिरलाई सरसफाई सामाग्री सहयोग

नेपालखोज २०७९ असोज १४ गते १७:४५

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं जिल्ला क.म.पा. वडा नं. ३०, मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई शुक्रबार सरसफाई सम्बन्धी विभिन्नसामाग्रीहरु हस्तान्तरण गरेको छ ।

उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले का.म.पा.वडा न. ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

साथै बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेसन बक्स समेत राखेको छ ।

कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्यहरु, स्थानीय व्यक्तिहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया