बुधबार, वैशाख १२, २०८१

आफ्नै छोराको हत्या गर्ने लौरंगलाल थारु पक्राउ

नेपालखोज २०७९ असोज १४ गते १६:२५

बर्दिया । आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका ११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई आज (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको छ ।

लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका बिबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका ११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया