बिहीबार, चैत १५, २०८०

बेलायती पाउन्ड एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा, बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा

नेपालखोज २०७९ असोज १५ गते ७:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ २० पैसा र बिक्रीदर १२७ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया