बिहीबार, वैशाख ६, २०८१

प्रकाश सपूत र श्रृष्टी खड्का अभिनित ’केशरी’ सार्वजनिक (भिडियाेसहित)

नेपालखोज २०७९ असोज १५ गते १०:३७

काठमाडौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत केशरी केशरी सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ । गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व पौडेलको र संगित बिष्णु भट्टकै रहेको छ ।

ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र श्रृष्टी खड्काको अभिनय रहेको छ । ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह–निर्देशन गरेका छ्न । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ ।

भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई मिक्सिङ÷मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

प्रतिक्रिया