बिहीबार, चैत १५, २०८०

सन्दीप असोज २० गते नेपाल आइपुग्ने, भन्छन्- न्याय प्रणालीमा मेराे पूर्ण विश्वास छ

नेपालखोज २०७९ असोज १५ गते ११:०५

काठमाडाैं । नेपाली क्रिकेटर सन्दीप लामिछाने असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन् । नेपाली क्रिकेटर टीमकाे पूर्वकप्तानसमेत रहेका लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत असोज २० (अक्टोबर ६) मा नेपाल आउने बताएका हुन् ।

उनले नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने र आफू निर्दोष रहेकोले न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । सन्दीपमाथि एक नाबालिकामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया