बिहीबार, वैशाख १३, २०८१

कामना सेवा र होटेल जल महल पोखराबीच सम्झौता

नेपालखोज २०७९ असोज १५ गते ११:४९

काठमाडौं । कामना सेवा विकास बैंक र होटेल जल महल, पोखरा बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया