आइतबार, वैशाख २३, २०८१

प्रभु बैंकः नाम र नारा जस्तै काम पनि, देशव्यापी पहुँच

जसले छोटो समयमै बनायो एक खर्ब ६३ अर्ब निक्षेपको बलियो जग, प्रतिकूल अवस्थामा पनि लोभलाग्दो नाफा

नेपालखोज २०७८ असार १६ गते १६:५८

काठमाडौं । प्रभु बैंकः वास्तवमा नामजस्तै काम पनि उस्तै छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुख्य नारालाई आत्ससात् गर्दै वित्तीय कारोबार सञ्चालन गर्दै आएको प्रभु बैंकप्रति आमनेपाली ग्राहकको निकै ठूलो विश्वास र साथ छ । बैंकप्रतिको आमनागरिकको यो विश्वास र साथ सहज रूपमा बनेको भने पक्कै होइन ।

यसका लागि प्रभु बैंकको सञ्चालक एवं व्यवस्थापन समिति, आमलगानीकर्ता, कर्मचारी संयन्त्र, नियमनकारी निकाय, ग्राहक एवं शुभचिन्तक सबैको निकै ठूलो साथ र सहयोग छ । त्यही साथ, सहयोग र बैंकले आफ्ना ग्राहकको सर्वोपरि हितका लागि गरेको कार्य जुन प्रत्यक्ष रूपमा आमनागरिकको आर्थिक विकास र समृद्धिसँग जोडिएको छ । त्यही विश्वासका आधारमा प्रभु बैंकले अहिले एक खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको निक्षेप, एक खर्ब ३४ अर्बभन्दा बढीको कर्जाको बलियो जग बसाल्न सकेको हो ।

यो उचाइसम्म बैंकलाई पुर्याउन प्रभु बैंकको सिंगो परिवार अहोरात्र खटिएको छ र खटिरहनेछ । कुनै समय सानो फाइनान्स हुँदै विकास बैंकहरूको कारोबार गरेको इतिहास बोकेको प्रभु बैंक आजको दिनसम्म आइपुग्दा नेपालमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्येमा ठूला बैंकहरूमा पर्न सफल भएको छ । विगतमा प्रभु विकास बैंक, ग्रान्ड बैंक, किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्ससमेतलाई गाभेर बनेको प्रभु बैंक अहिले निकै ठूलो बनेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिलाई मात्र आधार मान्दा पनि बैंकले चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ पुर्याइसकेको छ । यस अवधिमा बैंकले एक खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३४ अर्ब ३० करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी यस अवधिमा बैंकले दुई अर्ब १० करोड ९६ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने कुल कर्जाको जम्मा एक दशमलव ४८ प्रतिशत कर्जा मात्र निष्क्रिय देखिएको छ ।

कोभिड १९ को विश्वमहामारी र यससबाट उत्पन्न असहज आर्थिक तथा सामाजिक अवस्थाका बाबजुत पनि यस किसिमको आर्थिक उपलब्धि हासिल गर्नु सामान्य पक्कै होइन । यो आर्थिक उपलब्धि हासिल गर्नुमा सिंगो प्रभु बैंक परिवार र त्यसमाथि पनि व्यवस्थापकीय प्रमुखका रूपमा रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको निकै ठूलो हात छ । विगतमा निकै चुनौती र जोखिम मोलेर खरा अवस्था भएको तत्कालीन किष्ट बैंक र ग्रान्ड बैंक समेतलाई गाभेर आजको यो अवस्थामा प्रभु बैंकलाई ल्याउन व्यवस्थापन प्रमुख शेरचनसहित संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनको निकै ठूलो योगदान छ । आजको दिनसम्म आइपुग्दा नेपालको कुनै पनि नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभु बैंकसँग जोडिन पुगेको छ । विश्वको जुनसुकै कुनामा रहेको नेपाली नागरिक कुनै नै कुनै रूपमा प्रभु बैंकसँग जोडिन पुगेको छ । नेपाली नागरिकको भावनासँग जोडिएको, सुख–दुःखसँग जोडिएको यो जोडाइ प्रभु बैंकको निकै नै बलियो रहेको छ, रहिरहने छ ।

अहिले काठमाडौंको बबरमहलमा मुख्यालय रहेको प्रभु बैंकको देशभर दुई सय १४ शाखा छन् । सुगमदेखि दुर्गमसम्मका हरेक नेपाली नागरिक प्रभु बैंकसँग जोडिएका छन् । बैंकले अहिले ५७ वटा एक्सटेन्सन काउन्टर, एक सय ९१ वटा एटीएम काउन्टरमार्फत १५ लाखभन्दा बढी ग्राहकको विश्वास जित्दै उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रभु बैंकको सफलता भनेको देशको सबै कुनामा छरिएर रहेका यिनै १५ लाखभन्दा बढी ग्राहकको आर्थिक समृद्धि र वित्तीय सन्तुष्टि हो । प्रभु बैंकले वित्तीय क्षेत्रमार्फत मुलुकको राष्ट्रिय अर्थतन्त्रमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निकै ठूलो योगदान पुर्याएको छ । देशमा आइपर्ने हरेक किसिमका प्राकृतिक विपत्तिहरूमा पनि बैंक आमनेपाली नागरिकको मल्हमपट्टी भएर अगाडि आउने गरेको छ । सोही कारण पनि प्रभु बैंकको यो व्यावसायिक दायरा, ग्राहक संख्या, वित्तीय पहुँच, सफलता दिन दुई गुणा, रात चौगुणा बढ्दै गएको हो । यो बढाइमा सिंगो प्रभु बैंक लागिरहेको अनुभव आमनेपाली ग्राहकले गरिरहेका छन्् ।

चालु आर्थिक वर्षको पछिल्लो नौ महिनासम्मको अर्थात् तेस्रो त्रैमासिक अवधिसम्मको बैंकको वित्तीय अवस्था पनि निकै सवल देखिएको छ । कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि बैंकको निक्षेप, कर्जा र खुद मुनाफा सन्तोषजनक रूपमा बढेको छ भने निष्क्रिय कर्जा घटेको छ । चालु आवको पहिलो त्रैमासमा एक खर्ब ३३ अर्ब २९ करोड २५ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरेको प्रभुले दोस्रो त्रैमासमा यस्तो निक्षेप बढाएर एक खर्ब ६२ अर्ब दुई करोड ४८ लाख २८ हजार पुर्याएको छ । तेस्रो त्रैमाससमा एक खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । सोहीअनुरूप बैंकको कर्जा एवं खुद मुनाफा पनि बढेको छ । यसले गर्दा बैंकले चालु आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई प्रतिकूल अवस्थामा पनि राम्रो प्रतिफल बाड्न सक्ने देखिएको छ ।

यस्तो छ, चालु आर्थिक वर्षमा बैंकको वित्तीय अवस्था (रकम रु. हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)

विवरणचुक्ता पुँजीनिक्षेप कर्जाखुद मुनाफानिष्क्रिय कर्जा
पहिलो त्रैमास१०३१५५०७१३३२९२५१५११६०६७०७४८५००१४२.६७
दोस्रो त्रैमास११३४७०५७१६२०२४८२८१२६०५७४८३१५१८६८४३.६४
तेस्रो त्रैमास११३४७०५७१६३७८१०५५१३४३०३७८८२१०९६०७१.४८
चौथौ त्रैमासआउन बाँकीआउन बाँकीआउन बाँकीआउन बाँकीआउन बाँकी
(स्रोत: प्रभु बैंक र बैैंकको अपरिष्कृत वित्तीय विवरण)

यस्तो छ, बैंकको वित्तीय पहुँच र सेवाग्राहीको अवस्था (संख्यामा)

विवरणसंख्या
शाखा२१४
एक्सटेन्सन काउन्टर५७
एटीएम काउन्टर१९१
सन्तुष्ट ग्राहक१५०००००
(स्रोत: प्रभु बैंक र बैैंकको अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया