शनिबार, वैशाख ८, २०८१

आयोगको निर्णय सच्चाउन माग

नेपालखोज २०७९ असोज १५ गते १५:११

काठमाडौं । समाजवादी प्रेस सङ्गठनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत सम्लग्न गराई संयन्त्र निर्माण गर्ने निर्वचन आयोगको निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।

समाजवादी प्रेस सङ्गठनका महासचिव भूपराज खडकाले एक विज्ञप्तिमा जारी गर्दै संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने नियतका साथ संयन्त्रमा सेना र प्रहरीलाई संलग्न गराउने आयोगको निर्णय लोकतान्त्रिकपद्धति अनुकूल नभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया