उपराष्ट्रपतिबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना
नेपालखोज
२०७९ असोज १५ गते १९:४८

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएकाे र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ ।
सम्बन्धित

प्रतिक्रिया