शुक्रबार, चैत १६, २०८०

पाकिस्तानमा डेङ्गुको प्रकोप, ३० हजारभन्दा बढी सङ्क्रमित

नेपालखोज २०७९ असोज १५ गते २१:०२

इस्लामावाद । पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या तीस हजार २६७ पुगेको छ ।इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डिएचओ)ले शनिबार दिएको जानकारी अनुसार कुल सङ्क्रमित मध्ये दुई हजार ४३५ जना राजधानी इस्लामावादका हुन् ।

डेङ्गुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेङ्गुको प्रकोप पनि फैलिएको हो ।

बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेङ्गुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेङ्गुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया