बिहीबार, वैशाख २७, २०८१

धेरै जसो अर्बपति तुला राशिका

नेपालखोज २०७९ फागुन १८ गते १५:१८

काठमाडाैं । विज्ञानले कुंडली र राशि चिन्हहरू जस्ता पौराणिक विचारहरू पहिचान नगर्न सक्छ, तर यदि हामीले विश्वका अर्बपतिहरूको सूची हेर्यौ भने त्यसमा सबैभन्दा बढी तुला राशिका मानिस फेला पर्नेछन् ।

बेलायतको ऋण दिने कम्पनी क्यासफ्लोटको पछिल्लो अध्ययन अनुसार फोर्ब्सको २०२२ को अर्बपतिको सूचीमा परेका २ सय ६८ अर्बपतिमध्ये ३१ जना तुला राशिका हुन् । यो कुल अर्बपतिको संख्याको १२ प्रतिशत हो । खगोल विज्ञानमा मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन गरी जम्मा १२ वटा राशि छन् । तुला राशि सातौं स्थानमा छ र यो २२ सेप्टेम्बर देखि २३ अक्टोबरको बीचमा जन्मिएका व्यक्तिहरूको राशि हो । अर्बपतिको सूचीमा तुला राशिपछि मीन राशिका व्यक्तिको संख्या २९ छ ।

यो सूचीमा परेका कुल अर्बपतिहरूको ११ प्रतिशत हो । अरबपतिको सूचीमा मकर राशिको संख्या सबैभन्दा कम ५.५ प्रतिशत छ ।
कुन राशिका मानिसको कति हिस्सा ?
तुला राशि- १२ प्रतिशत
मीन- ११ प्रतिशत
सिंह- ९ प्रतिशत
मेष- ८ प्रतिशत
कन्या- ८ प्रतिशत
मिथुन- ८ प्रतिशत
कुम्भ- ७.५ प्रतिशत
कर्कट- ७.५ प्रतिशत
धन- ७.५ प्रतिशत
वृश्चिक- ६ प्रतिशत
मकर- ५ .५ प्रतिशत

शीर्ष १० अरबपति, तिनको नेट वर्थ र राशि १ – बर्नार्ड अर्नोल्ड : २१४ .९ बिलियन डलर – तुला
२. एलोन मस्क : १९८.२ बिलियन डलर- कर्कट
४. जेफ बेजोस : १२०.४ बिलियन डलर- मकर
४. ल्यारी एलिसन : ११२.३ बिलियन डलर- सिंह
५. वारेन बुफे : १०७.३ बिलियन डलर- कन्या
६. बिल गेट्स : १०७.० बिलियन डलर- वृश्चिक
७. कार्लोस स्लिम हेलु : ९०.७ बिलियन डलर- कुम्भ
८. मुकेश अम्बानी : ८६.० बिलियन डलर- मेष
९. स्टीव बाल्मर : ८३.० बिलियन डलर- मेष
१०. ल्यारी पेज : ८२. ० बिलियन डलर- मेष

प्रतिक्रिया