बिहीबार, चैत १५, २०८०

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

नेपालखोज २०७९ असोज १६ गते ६:०८

राजविराज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

एमाले निकट युवासङ्घले हिजाे सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय हितको पक्षमा एमाले सधैँ बोल्ने पार्टी भएको भन्दै अध्यक्ष ओलीले युवालाई देशमै रोजगारको सिर्जना हुनुपर्ने बताए ।

प्रतिक्रिया