समानुपातिक तर्फको बन्दसूचीबाट २९ जनाले फिर्ता लिए आफ्नो नाम
नेपालखोज
२०७९ असोज १७ गते १७:५८

काठमाडौं । विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरुले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।
प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् । उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएका जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया