समानुपातिकको बन्द सूचीबाट हटाइयाे महराकाे नाम

नेपालखोज २०७९ असोज १७ गते १६:०४

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकाे नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ ।माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो ।

माओवादी केन्द्रबाट निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदा महराको नाम पहिलो नम्बर भए पनि महराकै आग्रहमा उनको नाम हटाइएको जनाइएकाे छ

रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो ।

प्रतिक्रिया