टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

नेपालखोज २०७९ असोज १८ गते ९:०८

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको उत्तम साइत भोलि बिहान ११ः५१ बजे रहेको छ । बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउने साइत रहेकाे समितिले जनाएकाे हाे । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेकाे छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ । समितिले विश्वका विभिन्न देशका लागि स्थानीय समय अनुसार उत्तम साइत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया