बिहीबार, वैशाख ६, २०८१

सौगात, आर्यन र वर्षा अभिनीत ‘लाखे’को ट्रेलर सार्वजनिक

नेपालखोज २०७९ असोज १८ गते १०:०२

काठमाडौं । सस्पेन्स थ्रिलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’को ट्रेलर फूलपातिको अवसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनीकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । सम्राट बस्नेत निर्देशीत फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्टसको समीश्रण देखिन्छ ।

ट्रेलरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ । फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्वन्द्व निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन् । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया