आइतबार, मंसिर ११, २०७९

अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको मृत्यु

नेपालखोज २०७९ असोज १८ गते १४:१५

काबुल । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो ।

उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ । त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो । सो शैक्षिक केन्द्रमा ठूलो सङ्ख्याका विद्यार्थी जम्मा भएका थिए ।

उनीहरुले परीक्षाको तयारी गरिरहेका बेला सो आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ । यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको सो हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन ।

अफगानिस्तानमा गएको वर्षदिन भन्दा लामो समयदेखि तालिवानीहरुको शासन रहेको छ । त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया