बिहीबार, वैशाख १३, २०८१

एशिया कप महिला टी-ट्वान्टी : भारतको लगातार तेस्रो जित

नेपालखोज २०७९ असोज १८ गते १८:३०

काठमाडाैं । एशिया कप महिला टी-ट्वान्टी क्रिकेटमा भारतले लगातार तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा भारतले यूएईलाई १०४ रनले पराजित गरेको हो ।

बंगलादेशमा जारी प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । सबैले एक अर्काविरुद्ध खेले पछि शीर्ष चार टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् । भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १७८ रन बनायो ।

१७९ रनको जवाफी लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ४ विकेट गुमाएर ७४ रनमात्रै बनाउन सक्यो । भारतले पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो । 

प्रतिक्रिया