मंगलबार, वैशाख ११, २०८१

लगातारको वर्षासँगै पानीको सतह खतराको तहमाथि, उच्च सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ असोज २० गते ६:५४

काठमाडौं । नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले बुधबार रातभर तथा बिहीबार बिहान परिरहेको भारीदेखि अति भारी वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ ।

चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दांग जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान गरिएको मापनमा चितवनको देवघाटमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।

यस्तै, लगातारको वर्षाका कारण पश्तिम राप्ती नदीमा पानीको सतह खतराको तह पार गर्दा बाँके, दांगसहितका जिल्लाले सूचना निकालेर सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । राप्ती नदीमा पानीको सतह बुधबार राति नै खतराको तह भन्दा माथि पुगेको थियाे ।

प्रतिक्रिया