बिहीबार, चैत १५, २०८०

काठमाडौं उपत्यकामा झरी, दैनिक जनजीवन प्रभावित

नेपालखोज २०७९ असोज २० गते ८:१०

काठमाडाैं‌ । काठमाडौं उपत्यकामा मंगलबार रातिदेखि लगातार पानी परिरहेको छ । काठमाडौं उपत्यकासँगै देशका अन्य विभिन्न भू–भागमा पनि पानी परिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपासमा बसेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पानी पार्ने बादल नेपाल प्रवेश गर्दा गत दुई दिनदेखि झरी परिरहेको महाशाखाले उल्लेख गरेकाे हाे ।

त्यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहने भने वाग्मती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, वाग्मती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही  स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।  

प्रतिक्रिया