आइतबार, मंसिर १८, २०७९

यस्ता व्यक्ति मात्रै बन्न पाउँछन् उम्मेद्वार (विज्ञप्तिसहित)

नेपालखोज २०७९ असोज २० गते १९:५३

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वार बन्नेहरूको लागि योग्यता तय गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी संघीय कानूनले योग्य भएको र कुनै पनि लाभको पदमा बहाल नरहेको व्यक्तिमात्रै उम्मेद्वार बन्न पाउने जनाएको हो ।

मनोनयनको मिति नजिकिएसँगै आयोगले उमेदवार हुन चाहनेको योग्यताबारे जानकारी गराएको छ । आयोगका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उम्मेद्वारको योग्यता पुगेको हुनुपर्छ ।

असोज २३ गते हुने मनोनयनमा नेपाली नागरिकले मात्रै मनोनयन दर्ता गर्न पाउने पनि आयोगले जनाएको छ । यस्तै उम्मेद्वार बन्न कुनैपनि गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने तथा २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया