आइतबार, मंसिर १८, २०७९

थप ११ जनामा कोरोना पुष्टि, ६८ जना संक्रमणमुक्त

नेपालखोज २०७९ असोज २१ गते १५:४२

काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुबाट कूल सात सय ३८ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएकाे छ । यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२ हजार १८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या छ सय २८ पुगेको छ ।

प्रतिक्रिया