बिहीबार, चैत १५, २०८०

निर्वाचन आयोगले फेरबदल गर्‍यो स्वघोषणा सम्वन्धी अन्तिम समय सीमा

नेपालखोज २०७९ असोज २१ गते १८:३०

काठमाडौं । निर्वाचन आयोगले स्वघोषणा सम्वन्धी अन्तिम समयसिमामा संसोधन गर्दै फेरबदल गरेको छ ।आयोगले शुक्रबार अपरान्ह बिज्ञप्ति जारी गर्दे प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्नुपर्ने स्वघोषणााका सम्बन्धमा उम्मेदवारहरुले स्वः घोषणाका साथ मनोनयनपत्र पेश गर्नुपर्ने समय यहि असोज २३ गते बिहान १०ः०० बजेदेखि छ बजेसम्म तोकेको थियो ।

तर आयोगले सोही दिन साँझमा अर्को बिज्ञप्ती जारी गर्दे स्वघोषणाको मनोनयद पेश गर्नुपर्ने अन्तिम समयसिमा यही असोज २३ गते अपरान्ह पाँच बजेसम्म हुने गरी संसोधन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया