परराष्ट्रमन्त्री आज श्रीलंका भ्रमणमा जाँदै

नेपालखोज २०७९ माघ १९ गते ६:४०

काठमाडाैं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदै छिन् । भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्यालले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताएकी छन् । 

प्रतिक्रिया