सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्यांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्यांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया