जनता क्याम्पस इटहरीका पूर्व क्याम्पस प्रमुख उप्रेतीको निधन

नेपालखोज २०७९ असोज २२ गते ९:३४

मोरङ । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवं उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ ।

उप्रेतीको शनिबार राति १.३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय उप्रेतीको शनिबार बिहान ९ बजे बुढीगंगा जमुना मुक्तिघाट इटहरीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । -रासस

प्रतिक्रिया