नेपाली सेनाद्वारा मनास्लु इलाकामा फसेका व्यक्तिहरुको उद्धार
नेपालखोज
२०७९ असोज २२ गते ९:५४

काठमाडौं । नेपाली सेनाले गोरखा जिल्लास्थित मनास्लु ईलाकामा फसेका व्यक्तिहरुको उद्दार गरेको छ । सेनाका अनुसार विगत केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरु ओरी ओरअफ र यरीभ बोर्ट तथा ६ जना नेपाली नागरिकहरु तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्दार टोलीले असोज २१ गते शुक्रबार उद्धार गरेको हो ।
नेपाली सेनाको इक्युरल अगष्टा हेलिकोप्टरद्धारा शुक्रबार १७:३५ बजे उद्धार गरी काठमाडौं ल्याईएको हो । साथै, उद्दार गरिएका दुई जना विदेशी र ६ जना नेपाली सहित आठैं जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया