पहिरोमा पुरिएर जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु
नेपालखोज
२०७९ असोज २२ गते १०:३६

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश शाही, रमेशकी श्रीमती पानसरा शाही तथा उनीहरुका छोराहरु अनमोल र मिलन शाही रहेका हुन् । शनिबार बिहान करिब ३-४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । पहिरोमा परेर बेपत्ता हुनेको खोजी भइरहेको छ ।
पहिरोमा परी घाइते भएका रामबहादुर हमालको अवस्था सामान्य रहेको छ भने सरस्वती हमालको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया