त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौं यातायात अवरुद्ध
नेपालखोज
२०७९ असोज २२ गते ११:११

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौंतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ ।
उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका २ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौंबाट आएका र हेटौँडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया