नेपाली सेनाद्वारा बाढी-पहिरोमा फसेकाको उद्धार
नेपालखोज
२०७९ असोज २२ गते ११:४५

काठमाडौं । नेपाली सेनाले बाढिपहिरोमा फसेका व्यक्तिहरुको उद्धार गरेको छ । सेनाका अनुसार बिगत केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई दाङ्ग जिल्ला, लमही नगरपालिका, वडा ८ सतवरिया स्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा साथै राप्ती गाउँपालिका वडा ५ स्थित सिसहनिया र वडा ४ स्थित अर्नहवा गाउँहरुका डुवानमा परेका करिब २ सय घर मध्ये उच्च जोखिममा रहेका ३५ वटा घरहरुमा रहेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाको टोलीद्वारा शुक्रबार उद्धार गरी सुरक्षित स्थानमा लगेको हो ।
हाल उद्धार कार्य जारी रहनुका साथै नेपाली सेनाद्वारा पहिरोका कारण अवरुद्ध रहेको घोराही–लमही सडक खण्ड खुलाउने प्रयास समेत भइरहेको छ । उक्त अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति नभएको नेपाली सेनाले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया